सल्यान २३, असोज ।
सल्यानका थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पुशपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणका जिल्लाका थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बिहीवार थपिएका सबै बागचौर नगरपालिकाका रहेका छन् । जसमा बागचौर नगरपालिका वडा नम्बर २ का २१ बर्षिय पुरुष, ४ का २० बर्षिय पुरुष, ५ का २४ बर्षिय पुरुष, ९ का २१ बर्षिय पुरुष, १० का ४१ बर्षिय पुरुष र वडा नम्बर १२ का २० र ५५ बर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको नगर स्वास्थ्य शाखा प्रमुख हरी बहादुर कठायतले जानकारी दिनुभयो ।
उनीहरु सबै भारत लगाएतका बाहिरी देशबाट फर्किएर होम क्वारेन्टाइनमा बस्दै आएका थिए । जम्मा १ सय ५५ जनाको स्वाव संकलन गरेर परिक्षणका लागी पठाएकोमा ७ जनाको रिपोर्ट पोजिटिभ आएको नगरपालिकाले जनाएको छ ।
यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ४ सय २० पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । अहिलेसम्म ३ सय ७७ जना डिस्चार्ज भएका छन् भने बाँकी ४३ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।