सल्यानको शारदा नगरपालिकाका एक जनामा कोरोना पुष्टि

सल्यान २३, असोज ।
सल्यानको शारदा नगरपालिकाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्जमा गरिएको परिक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको शारदा नगरपालिकाले जनाएको छ । शारदा नगरपालिका वडा नम्बर १५ की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाको भनाई छ ।

उनलाई लुहापिङ आइसोलेसनमा राखिएको छ । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ४ सय २१ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । अहिले सम्म जिल्लाभरबाट ३ सय ७७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । बाँकी ४४ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित