सल्यानको त्रिवेणी गाउपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि

सल्यान २४, असोज ।
सल्यानमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सर्खेतमा गरिएको परिक्षणमा जिल्लाको त्रिबेणी गाउपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा त्रिबेणी गाउपालिका वडा नम्बर ३ का एक जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा संयोजक प्रभात श्रेष्ठले जानकारी दिनुभयो ।

गत आइतवार १ सय ७१ जनाको स्वाव संकलन गरेर परिक्षणका लागी सुर्खेत पठाएकोमा १ सय १० जनाको स्वाव परिक्षण गर्दा २ जनाको रिपोर्ट पोजिटिभ आएको उहाँको भनाई छ । उहाँले अझै ६१ वटा स्वावको रिपोर्ट आउन बाँकी रहेको छ । जनप्रतिनिधि, कर्मचारी र स्थानियमा कोरोना देखिएपछि असोज १३ गते देखी गाउपालिकाको कार्यालय लगाएतको क्षेत्र सिल गरिएको छ ।

कन्ट्रयाक्ट ट्रेसिङका क्रममा संकलन गरिएका स्वाव परिक्षण गर्दा २ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यो सँगै सल्यानमा कोरोना संक्रमितको संख्या ४ सय २३ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । यस्तै बन्गाड कुपिण्डे नगरपालिकाको बन्गाड आइसोलेसनमा रहेका ११ जना संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज भएको उहाँको भनाई छ । यससँगै सल्यानमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ सय ८८ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस