सल्यान २५, असोज ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको भवन निर्माणको काम तिव्र रुपमा भैरहेको छ । आवश्यक भवन नहुदाँ भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको यस नगरपालिकाको भवन निर्माणको कामले तिव्रता पाएको हो । अहिले नगरको देवस्थलमा भवन निर्माण कार्य भैरहेको छ ।
समयमा नै काम सक्ने गरी तिव्र गतिमा काम भैरहेको इन्जिनियर महेश देवकोटाले जानकारी दिनुभयो । ३ वटा तला भएको २८ वटा कोठाको आधुनिक डिजाइनमा भवन बन्न सुरु भएको हो । भवनको जगको काम सकिएको छ ।
रु.५ करोड २९ लाखमा यशोसियट जय भवानी कन्ट्रक्सनले २०७८ साल मंसिरमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको छ । भवन निर्माण सम्पन्न भएपछि नगरका सबै कामकाज नयाँ भवन बाट सञ्चालन हुने छन् । तोकिएको समयमा नै काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई आग्रह गरिएको र अहिले काम तिव्र गतीमा भैरहेको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनुभयो ।