सल्यानका थप १८ जनामा कोरोना संक्रमण पुष्टि


सल्यान २५, असोज ।
सल्यानका थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाका थप १८ जनामा संक्रमण पुष्टि भएको हो । जसमा त्रिबेणी गाउँपालिकाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले जानकारी दिनुभयो । यस्तै शारदा नगरपालिकामा बाहिरी देश बाट फर्किएका ४ जनामा कोरोना पुष्टि भएको नगरपालिकाका कोरोना फोकल प्रशन रबिन बिष्टले जानकारी दिनुभयो । यस्तै छत्रेश्वरी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको तथा केहिको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख केशरी देवी भट्टराईले जानकारी दिनुभयो । आज भेटिएका १८ जना संगै सल्यानमा कोरोना संक्रमितको संख्या ४ सय ४१ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । ति मध्ये अहिलेसम्म ३ सय ८८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस