सुर्खेत २६, असोज ।
सुर्खेतको सिम्ता गाउंँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक हमालको विदाई गरिएको छ । स्थानीय तह स्थापना भएको २ महिना पछि २०७३ चैत महिना देखि हाल सम्म प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गुर्नभएका हमालको आज औपचारिक रुपमा विदाइ गरिएको हो । प्रमुख प्रशासकिय अधिकृत हमालको सहयोगले विकास निर्माणकार्यमा सकारात्मक नतिजा प्राप्त भएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीको भनाइ छ । सिम्ता गाउँपालिकाबाट सुर्खेत मालपोत कार्यलयमा उहाँको सरुवा भएको छ ।