अभिमुखिकरण कार्यक्रम : ‘महिला बिरुद्धका अपराध बढे’

सल्यान २७, असोज ।
सल्यानका सरोकारवालाहरुले महिला बिरुद्धका अपराधका घटना बढ्दै गएको बताएका छन् । उनीहरुले गरिवी, अशिक्षा, अन्धबिश्वास लगाएतका बिविध कारणले महिला बिरुद्धका अपराधका घटना बढ्दै गएको बताएका हुन् । जिल्लामा जवरजस्तीकरणी, बहुविवाह, बालबिवाह, घरेलु हिंसाका घटनाहरु बढेको उनीहरुको भनाई रहेको छ ।


युएनडिपीको सहयोग, सोसेक दैलेखको समन्वय र दलित बिकास समाज सल्यानद्धारा सञ्चालित न्यायमा पहुँच परियोजना अन्र्तगत जिल्लामा कार्यरत मिडियाकर्मीसँगको अभिमुखिकरण कार्यक्रममा बोल्दै जिल्ला अदालत सल्यानका जिल्ला न्यायधिस कुलप्रसाद पाण्डेले जिल्लामा कोरोना रोकथामका लागी सरकारले गरेको लकडाउनको समयमा पनि महिला बिरुद्धका अपराधका धेरै घटना भएको बताउनुभयो ।

उहाँले जिल्लामा जवरजस्तीकरणी, बहुविवाह, बालबिवाह, घरेलु हिंसाका घटनाहरु धेरै हुने गरेको बताउनुभयो । यस्ता घटनाहरु हुन नदिनको लागी सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ । आर्थिक अबस्था कमजोर हुनु, अशिक्षा, सामाजिक सञ्जालको बढी प्रयोग, परम्परागत सोच लगाएतका कारणले महिला बिरुद्धका घटना हुने गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै अध्यक्षको आसनबाट बोल्दै दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले समुदायमा खलल् पु¥याउने यस्ता खालका कार्य रोक्न सबैले पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले अपराधिक गतिविधिलाई रोक्न सचेतना मुलक अभियान सञ्चालन गर्न आबश्यक रहेको बताउनुभयो ।


न्यायमा पहुँच परियोजना सल्यानको कपूरकोट र त्रिवेणी गाउँपालिकामा लागु भएको छ । कार्यक्रमको सहजीकरण गर्दै दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले परियोजनाले समुदायका नागरिकहरु महिला, सीमान्तकृत, साथै गरिबहरूलाई संविधान र कानूनी प्रकृयाका बारेमा चेतना दिने, उनीहरूलाई स्थानिय तहका न्यायिक समितिका बारेमा जानकारी गराउने, न्यायमा पहुँच पु¥याउने सम्वन्धमा सचेतना गराउने र न्यायलाई गुणस्तरीय छिटो छरितो रूपमा प्रदान गर्नका लागी न्यायसँग आवद्ध भएका व्यक्ति, संस्थाहरूको समन्वयलाई बलियो बनाउने उद्धेश्यले परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो ।

साथै परियोजनाले दलित, जनजाती, सिमान्तकृत समुहहरूले न्याय, संविधान र नयाँ कानूनको वारेमा जानकारी पाउने लक्ष्य राखेको उहाँको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाही, जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्मा लगाएत जिल्लाका बिभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित