वडा कार्यालय भवन निर्माणको लागी जग्गा बिवाद

सल्यान २८, असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा छनौटको बिषयले बिबाद सिर्जना भएको छ । वडा कार्यालयको भवन निर्माणका लागि स्थानिय दिलिप केसीले ५ रोपनी जग्गा वडाका नाममा रजिस्ट्रेशन गर्नुभएको थियो । साविक वडा नं. ४ र ५ डाँडागाउँमा सो जग्गा पर्दछ भने साविक वडा नं.३ वाहुनगाउँका स्थानीयले वडा भवन वाहुनगाउँमै वन्नुपर्ने तर्क गरेपछि विवाद सिर्जना भएको हो ।

डाडागाउँमा वडा कार्यालयको लागि वडाका नाममा जग्गा पास भैइ डिपिआर र भवन निर्माणकार्यको लागि फिल्ड समेत तयारी भैसकेको छ । तलिगाउ र वाहुनगाउका स्थानीयले वाहुन गाउँमा वडा कार्यालय हुनुपर्ने माग राखेका छन । वडा कार्यालय निर्माण स्थल र दुबै गाउँको दुरि ७ सय मिटर टाढा मात्रै रहेको छ । समुदाय स्वास्थ्य भवन, वडा कार्यालय र विद्यालय समेत सोहि डाँडागाउँमा भएकोले वडा कार्यालय वाहुनगाउँमा हुदा सहज हुने स्थानीय गंगाराम शर्माको भनाइ छ ।

वाहुन गाउँमा वडा कार्यलय वनाउनका लागि जग्गा पासको सिफारिस वडा कार्यालयले दिन नमाने पछि विवाद भएको शर्माको भनाइ छ । तर स्वास्थ्य र वडाको लागि ५ रोपनी जग्गा पास भैसकेको छ । तर विवादका निम्ति विवाद झिक्नलाई तल्लो गाउँ र वाहुन गाउँले अनावश्यक वखेडा झिकेको केसीको भनाइ छ । अहिले वडा कार्यालय आआफ्नो गाँउमा लिनको लागि अहिले बिबाद भैरहेको छ ।

यही विषयलाइ लिएर दुबै गाउँलेहरु विच दैनिक झडपको स्थिति सृजना भएको छ । केही दिन अघि विवाद साम्य पारे पनि पुनः विवाद उत्पन्न भएको छ । जग्गा वडाका नाममा नामसारी भइ डिपिआर भैसकेको र काम अघि वढि सकेको कुरामा अनावश्यक विवाद झिक्नु राम्रो नभएको वडाअध्यक्ष प्रतिमल बुढाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस