ग्रामीणको कुल सम्पत्ति रु. १९ करोड ४७ लाख

सल्यान २८, असोज ।
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. शारदा नगरपालिका २ खलंगा सल्यानको सम्पत्ति रु.१९ करोड ४७ लाख बढि पुगेको छ । गत आर्थिक बर्ष २०७६/०७७ सम्म यस सहकारीले कुल सम्पत्ति रु.१९ करोड ४७ लाख ७२ हजार पु¥याएको छ । यस्तै हाल सम्म शेयर रकम रु.२ करोड १७ लाख ८६ हजार २ सय पुगेको जनाएको छ ।

सहकारीको २६ औं बार्षिक साधारणसभा सम्पन्न भएपछि आज खलंगामा आयोजित पत्रकार सम्मेलनमा सहकारीका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले यस सहकारीले रु.१४ करोड १२ लाख ६५ हजार १ सय ९४ बचत निक्षेप रहेको जानकारी दिनुभयो । यस्तै ५० लाख ७७ हजार ४ सय ३३ रुपैयाँ आयकर अगाडिको खुद बचत रहेको उहाँको भनाइ छ । यस्तै हाल सम्म यस सहकारीमा १ हजार ७ सय ८६ जना शेयर सदस्य रहेका छन् ।

अध्यक्ष शाक्यले आगामी बर्ष शेयर सदस्य २ हजार १ सय ५५ जना पु¥याउने र शेयर रकम २ करोड ६७ लाख ८१ हजार रुपैयाँ पु¥याउने लक्ष्य रहेको बताउनुभयो । अहिले सहकारीको पैसा लिने र ऋण दिने काम मात्रै रहेको भन्ने गुनासो आइरहेको बताउदै उहाँले यस सहकारीले रचनात्मक काम गर्दै आएको जानकारी दिनुभयो ।

यस सहकारीले सहकारी शिक्षा कार्यक्रम, सुत्केरी भेटघाट कार्यक्रम, सदस्यहरुसँग अन्तरक्रिया, बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको उहाँको भनाई छ । यस्तै सम्पूर्ण शेयर सदस्यहरुको कोरोना बिमा र दुर्घटना बिमा पनि गरिएको सहकारीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस