बन्गाड कुपिण्डे नगरपालिका – १० मा नेकपाकाे सपथ ग्रहण
प्रकाशित मिति : October 14, 2020
-
सल्यान २८,असोज ।
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेकपाको पार्टी एकताले पुर्णता लिन सुरु गरेको छ । यसैक्रममा मात्रै नगरपालिकाको वडा नं.१० काे थापाचौरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे नवगठित वडा कमिटीलाइ सपथ ग्रहण कार्यक्रम आयाेजना गरिएको थियोे । उक्त कार्यक्रम केही दिन अघि नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हरि कवर, चन्द्र घर्ती लगाएका व्यक्तिहरु पुनः नेकपामै फर्किएका छन् । नगर अध्यक्ष कीर्तिवहादुर रानाकाे अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेकबहादुर वस्नेत, नेकपा जिल्ला अध्यक्ष गाेविन्द कुमार पुन, सचिव कर्णवहादुर वुढाथाेकी, नगर इन्चार्ज ज्ञानवहादुर वली, जिल्ला कमिटी सदस्य माेतिलाल घर्ती, दिपक यरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, नगर कमिटी सदस्य गणेश चन्द, हिरालाल वुढा, मुक्ति प्रसाद घर्ती, डिल्लीवहादुर खत्री र वडा अध्यक्ष मानसिंह पुरीले शुभकामना मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको संचालन विरवहादुर वुढाले गर्नुभएको थियो । कार्यक्रममा वाेल्ने बक्ताहरुले कांग्रेसको भ्रममा नपर्न आग्रह गरेका छन् । २०४८ साल देखि यस क्षेत्रमा कांग्रेसले के गरेको थियोे र अहिले ३ वर्षमा के पाउनु भयाे ? यहाँका जनतालाइ यति कुरा मुल्यांकन गर्न उनीहरूले आग्रह गरेका छन । आफुहरुकाे सक्रियतामा सडक, खानेपानी पुगेको र अब उक्त थापाचौरमा मावि विद्यालय स्थापना, विद्युतसँगै सडकको स्तरवृद्धि गरिने नेकपा नेताहरुकाे भनाइ छ । यस वडामा निमवहादुर वुढाथाेकीकाे अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको छ । जसको सचिवमा विरवहादुर पुन, सदस्यहरूमा प्रेम वहादुर वली,मञ्जु विक,रेउति विक,वाले पुन,नर वहादुर पुन,सुकलाल परियार,टंक राेका,तेजवहादुर थापा,विरवहादुर पुन,हरि थापा,लिलाराज वुढा,धनवहादुर पुन,प्रतिमा थापा,खेमराज हमाल,विरवल पुन,डम्बर पुन,डम्बर पुन,मनवहादुर वुढा,सुकलाल राेका,लालमणि पुन,नविना हमाल,निमवहादुर कवर र गिता पुन रहनुभएको छ । यस्तै मंगलबार वडा नम्बर १२ काे निगालचुलामा पनि सोहि कार्यक्रम सम्पन्न भएको थियो ।