सल्यान ३०, असोज ।
सल्यानमा नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेको लहर चलेको छ । नेपाली काँग्रेस बिधि र पद्धतिमा नचलेको तथा जनताका आबश्यकता पुरा गर्न नसक्ने भएकाले पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेको लहर लागेको छ । यसैक्रममा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ का लक्षुहाल्नेका १५ जनाले नेकपामा प्रवेश गरेका छन् ।
नेकपा वडा कमिटीको सपथ ग्रहणमा दर्जन बढी कार्यकर्ताले नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेकबहादुर वस्नेत, जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, सचिव कर्णवहादुर वुढाथोकी, नगर इन्चार्ज ज्ञानवहादुर वली, नगर अध्यक्ष किर्तिवहादुर रानाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेश परिषद सदस्य गणेश विसी, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश उपाध्यक्ष अकबर पुन, नेकपा जिल्ला सदस्य दिपक यरिी, धनवहादुर पुन, विरवहादुर वुढा लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रममा नगर कमिटी सदस्य गणेश चन्द, सुवास शाह, तर्कवहादुर शाह, लोकवहादुर वुढामगर र वालिका पुनको लगाएतको सहभागिता रहेको थियो । वडा कमिटी अध्यक्ष गणेश परियार र सचिव दिलिप वली सहितको २५ सदस्यीय वडा कमिटीलाई सथप खुवाइएको थियो । नगर कमिटी सदस्य लोगवहादुर वुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुवास शाहले गरेका थिए ।