सल्यान ३०, असोज ।
सल्यानका एक एम्बुलेन्स चालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका अन्र्तगत स्वास्थ्य चौकी दमाचौरका एम्बुलेन्स चालक छत्रेश्वरी गाउपालिका वडा नम्बर २ दमाचौर निवासी चित्र बहादुर सुनारको गत बर्ष नेपालगन्जबाट सल्यान आउदैँ गर्दा जिरो प्वाइन्टमा दुर्घटना हुदाँ मृत्यू भएको थियो । अहिले ती मृतक चालकको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
एम्बुलेन्स चालकहरु आबद्ध भएको संयुक्त एम्बुलेन्स चालक संघ, ट्रेड युनियन सल्यान र रुकुमको सहयोगमा मृतककी श्रीमती मधु सुनारलाई २० हजार रुपैँया सहयोग गरिएको छ । रकम पहिले नै बुझाउने तयारी गरेपनि कोरोनाका कारण बुझाउन नसकिएको र हालै हस्तान्तरण गरिएको संघका सल्यान अध्यक्ष यज्ञ बहादुर केसीले जानकारी दिनुभयो ।
जसमा सल्यान शाखाले १० हजार र रुकुम शाखाले १० हजार सहयोग गरेको उहाँको भनाई छ । आर्थिक अबस्था कमजोर भएकाले चाडपर्वलाई लक्षित गरी रकम हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।