सल्यानमा दाउरा प्रहार गरी भाइले गरे दाइको हत्या

सल्यान ३०, असोज ।
सल्यानमा दाउरा प्रहार गरी भाइले दाइको हत्या गरेका छन । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरमा २० वर्षीय भाइ गेदलाल पुनले बिहीबार आफ्नै २४ वर्षीय दाइ अमरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । घर झगडा हुँदा दाउराले हिर्काएर भाइले दाइको हत्या गरेका प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका ८ बजेको घटना भए पनि प्रहरीलाई शुक्रबार १२ बजे मात्र जानकारी आएको सल्यान प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो । साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अवस्थामा शुक्रबार मात्र भेटिएको बताउनुभयो ।

घटना भएको स्थान गाउँदेखि टाढा भएकाले ढिलो गरी जानकारी प्राप्त उहाँको भनाइ छ । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल सल्यानमा ल्याउने तयारी गरिरहेको छ । मृतकका भाइ फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीको भनाई छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस