सल्यानमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय पुग्यो

सल्यान २, कात्तिक
सल्यानमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय पुगेको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा जिल्लाका थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सल्यानमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय पुगेको हो ।
जसमा शारदा नगरपालिकाका ६ जना र कपुरकोट गाउपालिकाका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना भाइरस संक्रिमित निको भएर डिस्चार्ज भएका छन् । लुहापिङ आइसोलेसन खलंगा, बन्गाड आइसोलेसन बन्गाड लगाएतमा गरेर थप ४६ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका हुन् ।
यससँगै सल्यानमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ४ सय ४८ पुगेको छ । अब जिल्लामा ५२ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरु सामुदायिक तथा होम आइरसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस