सल्यान टुडे डटकमको प्रथम बार्षिकोत्सव आज

सल्यान ४, कात्तिक ।
सल्यानबाट सञ्चालित सल्यान टुडे डटकम दोस्रो बर्षमा प्रवेश गरेको छ । २०७६ साल कार्तिक ४ देखी आफ्नो औपचारिक रुपमा गतिविधि प्रारम्भ गरेको सल्यान टुडेले पहिलो बर्ष पुरा गरेर दोस्रो बर्षमा प्रवेश गरेको हो । संबिधानमा उल्लेख भएका अधिकारलाई जनतासम्म पु¥याई उनीहरुलाई आफ्ना अधिकारका वारेमा जानकारी गराई अधिकार सम्पन्न गराउने र आवाज विहिन नागरिकहरुका आवाज बोल्ने उद्धेश्यका पानस मिडिया हाउस प्रालिले सल्यान टुडे डटकम सञ्चालन गरेको हो ।

डिजिटल अन्लाईन सल्यान टुडे डटकमले आवाजविहिनका आवाज बोल्नुका साथै नागरिकलाई सुसुचित र खबरदारी गर्ने काम गरिरहेको पानस मिडिया हाउस प्रालिका अध्यक्ष शिब डाँगीले जानकारी दिनुभयो । अहिलेको परिबेशमा नागरिकहरु निरन्तर सुचना प्राप्त गर्न चाहाने र यसका लागी सबैभन्दा छिटो, छरितो र भरपर्दो माध्यम अन्लाईन भएको उहाँको भनाई छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा भिडभाड हुने खालका क्रियाकलाप सञ्चालन गर्न सरकारले गरेको निर्देशनको पूर्णरुपमा पालना गर्दै बार्षिक उत्सवको अबशरमा औपचारिक कार्यक्रमको आयोजना नगरिएको सल्यान टुडे डटकमका प्रधानसम्पादक बुद्धि पुनले जानकारी दिनुभयो । उहाँले सल्यान टुडे डटकम परिवार बसेर एक बर्षको अबधिमा गरेका कार्यहरुको समिक्षा सहित आगामी योजनाका बारेमा छलफल गर्ने गरी बेलुका ६ वजे बिशेष कार्यक्रमको आयोजना गरिएपनि औपचारिक कार्यक्रम भने नगरिएको जानकारी दिनुभयो ।

सल्यान टुडेले स्थानिय पर्यटन प्रर्वद्धनलाई प्राथामिकतामा राख्दै आर्थिक उपार्जनबाट नै समृद्धि हासिल गर्न सकिन्छ भनेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, कला, साहित्य लगाएत बिभिन्न क्षेत्रलाई समेटेर समाचार तथा लेखरचना र फोटोहरु प्रकाशन गर्दै आएको छ । साथै पहिलो बार्षिकोत्सवको अबशरमा यहाँसम्म आउन सहयोग गर्ने सरोकारवाला सबैप्रति हार्दिक आभार प्रकट गरिएको सल्यान टुडे डटकमले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस