सल्यान ५, कात्तिक ।
पानस मिडिया हाउस प्रालिद्धारा सञ्चालित सल्यान टुडे डटकमले पहिलो बार्षिकोत्सव मनाएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा सल्यान टुडे डटकमले पहिलो बार्षिकोत्सव मनाएको हो । पानस मिडिया हाउस प्रालिका अध्यक्ष शिव डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार युवराज वलीको प्रमुख आतिथ्यता रहेको थियो । २०७६ साल कात्तिक ४ गते देखी अन्लाइन नियमित रुपमा सञ्चालनमा आएको थियो ।