दुर्गा विसी,
सल्यान ८, कात्तिक ।
सल्यानकाे सल्लिवजारमा निर्माणाधिन ईलाका प्रहरी कार्यालयको राेकिएकाे भवनको काम पुन: सुरु भएको छ । रकम अभाव भएको भन्दै निर्माण कम्पनीले काम गर्न छाडेको झन्डै १ वर्ष पछि काम पुन: सुरु भएको हो । २०७७ जेष्ठ २४ मा सम्पन्न हुने गरि देव सिंह निर्माण सेवा कैलाली र कर्णाली प्रदेश प्रहरी कार्यालय विच मिति २०७६ जेष्ठ २४ मा सम्झौता भएको थियो । रु.२ कराेड ३० लाख ७७ हजार बराबरकाे रकममा कामकाे जिम्मेवारी पाएको कम्पनिका प्रतिनिधि सम्पर्कमा आए पछि कामको पुन: सुरुवात गरिएको हो ।
कर्णाली प्रदेश सरकारले रकम निकासा नगर्दा काम अघि वढ्न नसकेको कम्पनीका कृष्ण स्वारले बताउनुभयो । तर स्वारले अहिले आफुले काम।नगरेर दोस्रो व्यक्तिलाई कामकाे जिम्मेवारी दिएको बताइएको छ । रकम अभावको बाहना वनाइ १ वर्ष देखि अलपत्र परेको काम भने बल्लतल्ल सुचारू भएको छ ।
अहिले आफ्नै भवन नहुदा प्रहरीले जीर्ण र भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको छ । भवनको काम सम्पन्न भएमा प्रहरीलाई सेवा प्रवाह गर्न संगै अन्य कामकाज गर्न सहज हुने अपेक्षा गरिएको छ ।