दशैँ मनाउन घर गएका कर्मचारी नफर्किए पछि सेवाग्राही मर्कामा

सल्यान १२, कात्तिक ।
दशैँ मनाउन घर गएका कर्मचारी कर्मथलोमा नफर्किएपछि सल्यानका केही कार्यालय सुनसान बनेका छन् । जिल्लाका केही स्थानिय तहसँगै मातहतका कार्यालयहरु पनि कर्मचारी नफर्किदा सुनसान रहेका हुन् । दशैँ मनाउन घर गएका कर्मचारी कार्यालयमा नफर्किदा कार्यालय बन्द रहेका छन् भने सेवाग्राहीलाई ठुलो सास्ती भएको छ । दशैँ बिदा हुनु पहिले नै दशैँ मनाउन भनेर कार्यालयबाट घर गएका कर्मचारी कार्यालयमा नफर्किए पछि सेवा लिन कार्यालयमा पुगेको सेवाग्राहीलाई सास्ती भएको छ ।

सामान्य सिफारिसको लागि बनगाड कुपिण्डे नगरपालिका पुगेका सेवाग्राही ३ वजेसम्म कर्मचारी कुरेर वसेका थिए । जवकी नगरपालिकामा २ जना कार्यालय सहयोगी बाहेक अरु कुनै पनि कर्मचारी थिएनन् । यस्तै नगरपालिकाको कार्यालय सँगै अन्य शाखागत कार्यालय समेत बन्द थिए ।

जनप्रतिनिधिहरु नगर र वडा कार्यालयमा नबस्ने र कर्मचारी समयमा नै कार्यालयमा नआउदाँ सेवाग्राहीलाई सास्ती हुने गरेको छ । नगरको प्रशासनिक कार्यालय देखि सम्पूर्ण शाखा कार्यालय खुल्ने दिन भएपनि सबै बन्द रहेका छन् । कार्यालयमा कर्मचारी अनुपस्थितीका विषयमा सम्पर्क गर्न खोज्दा नगरका प्रमुख प्रशासकिय अधिकृतसँग सम्पर्क हुन सकेन् ।

कर्मचारी उपस्थित नहुदाँ सिफारिसको लागि कार्यालय पुगेका सेवाग्राही खालि हात घर फर्केका छन् । दुई हप्ता अघि दशै मान्न घर हिडेका कर्मचारी अझै कामकाजमा नफर्किदा समस्या भएको स्थानियको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस