सल्यान १३, कात्तिक ।
हिन्दु नेपालीहरुको महान पर्व वडादशैँ मनाउन गाँउ गएकाहरु फर्किन थालेपछि सल्यानको सदरमुकाम खलंगा सँगै मुख्य बजारहरुमा चहलपहल बढ्न थालेको छ । दशैँ मनाउन तथा मान्यजनहरुको हात बाट टिका थाप्न गाँउ गएकाहरु अहिले आफ्नो कार्यथलोमा फर्किन थालेपछि चहलपहल बढेको हो ।
दशैँको बेलामा सुनसान बनेको सल्यानको सदरमुकाम खलंगा सँगै मुख्य बजारहरु श्रीनगर, थारमारे, सल्लीवजार, कपुरकोट लगाएतका वजारहरुमा चहलपहल बढ्न थालेको छ । कर्मचारी, शिक्षक, बिद्यार्थी तथा ब्यापारीहरु आफ्नो कार्यथलोमा फर्किन थालेपछि चहलपहल बढेको स्थानियको भनाई छ । यस्तै दशैँको बेलामा बन्द रहेका होटल तथा अन्य पसलहरु पनि खुल्न थालेका छन् ।
दशैँ मनाउन गाँउ गएकाहरु फर्किन थालेपछि सार्वजनिक सवारी साधनहरुमा भिडभाड देखिन थालेको छ । दशैँको बेला सुनसान हुने जिल्लाका मूख्य बजारहरुमा तिहारमा भने निकै चहलपहल हुने गर्दछ ।