सल्यान १४, कात्तिक ।
सल्यानमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ४३ पुगेको छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत ४ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ४३ पुगेको हो । हाल सम्म जिल्लामा ४ सय ६६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल जिल्लामा ७७ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै सामुदायिक आइसोलेसन तथा होम आइसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यसैबिच जिल्ला प्रशासन कार्यालय सल्यानले कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवा एक साताको लागी स्थगित गरिएको जनाएको छ ।