पार्टी र सरकारले गरेका हरेक गतिविधि जनता सम्म पुर्‍याउन आबश्यक छ : ज्वाला

सल्यान १५, कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले पार्टी र सरकारले हरेक हरेक गतिविधि जनता सम्म पुर्‍याउन आबश्यक रहेको बताउनुभएको छ । लोकतन्त्रमा जनता नै सर्वश्रेष्ठ भएकाले पार्टी र सरकारले गरेको हरेक सकारात्मक गतिनिधिहरु जनताको माझमा पुर्‍याउन आबश्यक रहेको उहाँले बताउनुभएको हो ।
आज शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको कालीमाटी गाउपालिका वडा नम्बर १ को लक्ष्मीपुरमा भएको सपथ ग्रहण कार्यक्रममा बोल्दै ज्वालाले यस्तो बताउनुभएको हो । यसरी हरेक समय जनताको माझमा जाँदा यसले सरकार र पार्टीलाई बलियो बनाउन थप मद्धत मिल्ने उहाँको भनाइ छ ।
सल्यान प्रदेश सभा ‘ख’ बाट निर्वाचित कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएका ज्वालाले नेकपाको नेतृत्वमा रहेको बर्तमान सरकारले थुप्रै राम्रा कामहरु सञ्चालन गरेपनि जनताका माझमा थुप्रै अपवाह फैलाइएकाले नेकपा र सरकार प्रतिको जनताको भ्रम चिर्ण आबश्यक रहेको बताउनुभयो । यसका लागी पार्टीले परिक्षण, भेला, लगाएतका गतिबिधि सञ्चालन गर्न आबश्यक रहेको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सरकार र पार्टी प्रति जनताको बिश्वास बढेको भन्दै यसलाई जोगाइ राख्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेकपाका कालीमाटी गाउ कमिटी अध्यक्ष शालिकराम भट्टराई, पार्टी सचिव गेहेन्द्र केसी, गाउपालिका अध्यक्ष दान बहादुर केसी, उपाध्यक्ष सहनशिलता वली डिसी लगाएतको सहभागिता रहेको थियो । वडा कमिटी अध्यक्ष हर्क बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गम बहादुर रावतले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस र राप्रपा छोडेर एक दर्जन बढीले नेकपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित