सल्यान १७, कात्तिक ।
कक्षा ११ को वार्षिक परिक्षा राष्ट्रिय परिक्षा बोर्डले गत जेठमा सञ्चालन गर्ने तिथीमिती तोकेको थियो । चैत कोरोना महामारी फैलिएसँगै अर्काे व्यवस्था नभएसम्मका लागि परिक्षा स्थगित गरिएको भन्ने सुचना प्रकाशित भयो । त्यसबेला देखी स्थगित परिक्षा कर्णाली प्रदेशको सल्यान जिल्लामा भने आईतवारदेखि वार्षिक परिक्षा सुरु भएको छ ।
सात महिनापछि पनि परिक्षा दिन पाउदाँ प्रशिक्षार्थी खुुसी भएका छन । कोरोना महामारीले परिक्षा हुुदैन की भन्ने चिन्तामा परेका प्रशिक्षार्थीहरु परिक्षा हलमा पुग्न पाउदाँ खुसी मिलेको परिक्षार्थी जेमा शाहीले बताउनुुभयो । उहाँले भन्नुुभयो– ‘अन्यत्र बन्द छन रे, यहाँ स्वास्थ्य सुुरक्षा मापदण्ड अपनाए भए पनि परिक्षामा समावेश हुुन पाएका छौं ।’
महामारीका कारण परिक्षा स्थगित हुुदा विद्यार्थी पनि अलमलमा परेका थिए । राष्ट्रिय परिक्षा बोर्डले दशै र तिहारको बीचमा आवश्यक मापदण्ड पुुरा गरी परिक्षा सञ्चालन गर्न निर्देशन दिएकाले सल्यानमा सञ्चालित माध्यामिक विद्यालयहरुले कक्षा ११ को परिक्षा सञ्चालन गरेका हुन् ।
महेन्द्र माध्यामिक विद्यालय पिपलनेटाका प्रधानध्यापक विष्णुुप्रसाद अधिकारीले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी परिक्षा सञ्चालन गरिएको बताउनुुभयो । शिक्षा बिकास तथा समन्वय ईकाईले सम्वन्धित विद्यालयको परिक्षार्थीको परिक्षा सम्वन्धीत विद्यालयमै गराउने गरी परिक्षा केन्द्र तोकिदिएको छ ।