सुर्खेतको सिम्ता गाउँपालिकाका जनप्रतिनिधि सहितको टोली कुपिण्डे तालमा

दुर्गा विसी,

सल्यान १९, कात्तिक ।
कर्णाली प्रदेशको महत्त्वपूर्ण मानिएको गन्तव्य मिनि रारा कुपिण्डे तालमा फेरि चहलपहल वढ्न सुरु भएको छ । कोरोना महामारीका कारण झन्डै ७ महिना सुनसान रहेको सो क्षेत्र यतिबेला पुनः कुपिण्डे ताल हेर्न र मन्दिर दर्शन गर्न आउनेहरुको ताँती वढ्न सुरु भएको छ । बाहिरि तथा आन्तरिक नागरिकहरु मन्दिर दर्शन र तालमा डुङ्गा सयर गर्न वढि मन पराउने गर्दछ्न । यो तालको विशेषता नै यहि हो ।

सुर्खेत सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि सहित मंगलबार धेरै ठुलो टिमसँग हाम्रो भेट भयो । तर उहाँको मुख्य उदेश्य थियोे राम्रो मनको भाकल माग्ने,केही गल्ती कमिकमजोरि भए कुपिण्डे दह वराहासँग क्षमा माग्ने,गाउँपालिका वासिको सुख समवृद्दिको कामना र मनले सोचको सुख शान्ति सहिष्णुता कायमका लागि साथै छिमेकी स्थानीय तह बनगाड कुपिण्डे नगरपालिकाको पर्यटकिए हवलाइ उजागर गर्ने मात्रै उदेश्य रहेको जनाउनु भयो ।उहाँ मात्रै नभए अन्य जनप्रतिनिधि,स्थानीय सिम्ताका युवाहरु राजनीति दलका अगुवा समेत त्यहाँ पुगेका थिए ।तेहि टिममासँगै हिड्नु भएका नेपाली कांग्रेस सिम्ता गाउँ कमेटि सभापति राजेन्द्र सिंह ठकुरिको पनि सोहि उदेश्य थियोे ।

मनकामना पूरा होस र साथीभाइहरु विचको कटुता मेट्न र मेटाउन मनोरञ्जनका साथ यहाँ पुगेको ठकुरीको भनाइ रहेको थियोे ।सिम्तामा सधै कटुतामा रुमलिने,एकले अर्कोको आलोचना गर्न पछि नपर्ने सत्ता पक्ष र विपक्ष पार्टीका दुई अध्यक्ष ठकुरी र केसिको गन्तव्य पनि तेहि कुपिण्डे तालमा एउटै डुङ्गा,एउटै सवार हुन पुग्यो ।अरु केही नभए सर्वपक्षयी,सर्वदलिय माया प्रेमका लागि यहाँ आइपुगेको उहा दुवैको कथन थियोे ।सिम्ताको जम्बो टिम सहित कुपिण्डे ताल र किनारमा रहेको मन्दिरमा पक्कै केही राम्रो कुरा माग्ने काम भएको अरुहरुको भनाइ छ ।

त्यहाँ भने मागेको चिज र भाकल गरेको कुरा पूरा हुने विश्वास लिएको छ ।साथै अर्को तर्फ पर्यटनलाई समेत यसले फाइदा नै गरेको छ ।धार्मिक तथा पर्यटकिए हिसाबले यो क्षेत्र अब्बल बन्दै जान थालेको छ ।केही केहिका लागि धार्मिक आस्थाले बाँधिएको छ भने आफुमा भए गरेका अविश्वास कटुता माझ्ने थलोका रुपमा समेत कुपिण्डे चिनिन पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस