कालीमाटी गाउँपालिकाद्धारा यस बर्षको तिहारमा देउसी भैलो खेल्न निषेध

सल्यान २०, कात्तिक ।
सल्यानको कालीमाटी गाउँपालिकाले यस वर्षको तिहारमा देउसी भैलो खेल्न निषेध गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण देउसी भैलोका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएका हुन् । देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना संक्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष गाउँपालिकाका सबै वडाहरुमा देउसी भैलो खेल्न निषेध गरिएको कालीमाटी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले बुधबार एक सुचना जारी गर्दै तिहारमा देउसी भैलो खेल्न निषेध गरिएको जनाएको छ । यस्तै गाँउपालिकाका एक जना कर्मचारी र स्थानिय एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सुचना नहुदाँ सम्मको लागी गाँउपालिका, वडा कार्यालय लगाएत मातहतका निकायहरुबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागी आज देखी अति आबश्यक बाहेकका अरु सबै सेवाहरु बन्द गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित