छत्रेश्वरी गाउँपालिकाद्धारा ४ महिनापछि ४५ करोड बढीको बजेट पारित

सल्यान २१, कात्तिक ।
झण्डै ४ महिना पछि सल्यानको छत्रेश्वरी गाउँपालिकाले गाँउसभा मार्फत वजेट पारित गरेको छ । गाउँपालिकाले स्वास्थ्य र पुर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरिएको हो । आर्थिक वर्ष २०७७/०७८ का लागी गाउँसभाले बिहिवार रु.४५ करोड ९९ लाख ६० हजार बराबरको वजेट पारित गरेको हो । गत असार १० गते बसेको आठौं गाउँसभामा नीति तथा कार्यक्रम पेश भएतापनी आन्तरिक विवादका कारण गाउँसभा बारम्बार स्थगित हुँदै आएको थियो ।

गाउँपालिका उपाध्यक्ष सीता केसीले संघिय सरकारबाट प्राप्त बित्तीय समानिकरण अनुदान ९ करोड १९ लाख, शसर्त अनुदान १८ करोड २३ लाख, राजस्व बाडफाड ७ करोड २९ लाख ३५ हजार ९ सय, विशेष अनुदान ३ करोड तथा प्रदेश सरकारबाट बित्तीय समानिकरण अनुदान ९९ लाख ४२ हजार, राजस्व बाडफाड ६ लाख ८३ हजार, शसर्त अनुदान २० लाख, बिशेष अनुदान ४० लाख र आन्तरिक श्रोत ३ करोड ४५ लाख २० हजार गरि कुल ४५ करोड ९९ लाख ६० हजार ३ सय ३३ रुपैँया बराबरको बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको थियो ।

यस्तै गाउँसभामा प्रदेस सरकारको समपुरक २ करोड ६५ लाख अनुमातित बजेट पेस भएको छ । जसमध्ये चालुतर्फ ८ करोड ४० लाख ९२ हजार अर्थात २९.१० प्रतिशत, पुजिगत तर्फ १३ करोड ५ लाख ९२ हजार अर्थात ६०.९० प्रतिशत बजेट बिनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष सन्तोष केसीले गाउँपालिकामा देखिएको विवाद समाधान गरेर ढिलै भएपनि वजेट ल्याउन सफल भएको जानकारी दिनुभएको छ । वजेटले शिक्षा, स्वास्थ्य, कृषि, बिद्युत्त, खानेपानी, लगाएतका सवै क्षेत्रलाई समेटेको उहाँको भनाई छ । यस्तै नियमित औषधि, उपकरण आपूर्ति गर्ने, स्वास्थ्य शिविर संचालन गर्ने, जेष्ठ नागरिक घरदैलो कार्यक्रम, महिला स्वास्थ्य उपचार कार्यक्रम, सुत्केरीलाई उपहार कार्यक्रम, कोरोना रोग रोगथाम लगाएतका कार्यक्रम सञ्चालन गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित