नेकपा सल्यानका जिल्ला कमिटी सदस्य मियाँको निधन

सल्यान २१, कात्तिक ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यानका जिल्ला कमिटी सदस्य मोहम्मद रसिद मिँयाको निधन भएको छ । उपचारको क्रममा आज बिहान २ वजे कोहलपुर अस्पतालमा ६१ बर्षको उमेरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बिगत लामो समय देखी सुगर र प्रेसरबाट ग्रसित मिँयाले विगत २ दशक देखी राजनितिक गर्दै आउनुभएको थियो ।

छत्रेश्वरी गाँउपालिका वडा नम्बर ७ जिताठानमा जन्मघर भएका उहाँले श्रीनरवजारमा हजुरको कपडा पसल एण्ड श्रींगार पसल सञ्चालन गर्दै आएको भएको थियो । उहाँका २ श्रीमती, ५ छोरा र २ छोरी रहेका छन् । मियाँको शुक्रबार नै मुस्लीम परम्परा अनुसार अन्त्यष्टी गरिएकोे छ ।

यसैबिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका जिल्ला कमिटी सदस्य मियाँको पार्थीव शरिरमा पार्टीको झण्डा ओढाएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ७ जिताथानमा नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य तथा पार्टीका कपुरकोट गाउँपालिका इन्चार्ज भिम बहादुर सेनले मियाको पार्थीव शरिरमा पार्टीको झण्डा ओढाएका हुन् । यता नेकपा सल्यानका अध्यक्ष गोबिन्द कुमार र सचिव कर्ण बहादुर बुढाथोकीले शोक बिज्ञप्ती जारी गर्दै मिँयाको निधनले पार्टीलाई अतुलनिय क्षती पु¥याएको जनाउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस