स्वास्थ्य मापदण्ड अपनाउदै बन्गाड कुपिण्डे नगरपालिकामा कक्षा ११ को परिक्षा सुरु

दुर्गा बिसी,
सल्यान २२, कात्तिक ।
सल्यान पश्चिम क्षेत्रमा रहेका बिद्यालयहरुमा माध्यामिक तहअन्तरगत कक्षा ११ को परीक्षा सुरु भएको छ । परीक्षामा सहभागी विद्यार्थीहरुको तापक्रम (ज्वरो) मापन, सेनीटाइजर र मास्क अनिवार्य गरिएको छ । शुक्रबारबाट सुरु भएको परीक्षामा सहभागी विद्यार्थीहरुको लागि यहाँका विद्यार्थीले आफै मास्कको व्यवस्थापन गरेका छन् ।

माध्यामिकतह अन्तर्गत गत वैशाखमा रोकिएको कक्षा ११ को परीक्षा शुक्रबारबाट सुरु भएपछि कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन मास्क र दुरी कायम गरि परिक्षा सञ्चालन गरिएको छ । बन्गाड कुपिण्डे नगरपालिका ३ मा रहेको मावि च्युराका प्रध्यानध्यापक गुमान सिंह विष्टले परीक्षामा सहभागी विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारीहरुले मास्क, सावुन पानीले हातधोएर हल प्रवेश र स्यानीटाइजर प्रयोग गरि स्वास्थ्य सुरक्षा अपनाइएको जानकारी दिनुभयो ।

‘विद्यालयमा सहभागी सम्पूर्ण विद्यार्थीमा भौतिक दुरी कायम गराएर पहिलो दिनको परिक्षा सुरु गरेका हौं,’ उहाँले भन्नुभयो । विद्यालयले एउटा बेन्चमा २ जना मात्र विद्यार्थीलाई राखेको छ । परीक्षामा सहभागी विद्यार्थीमध्ये ज्वरो भएका विद्यार्थीहरुलाई छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको छ । परीक्षार्थीलाई खाने पानी र शौचालयको समेत उचित तरीकाले व्यवस्थापन गरिएको उहाँको भनाई छ ।

यस्तै प्रभाकर मावि देवस्थलका विद्यार्थीको पनि स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा सञ्चालन गरिएको सहायक प्रधानाध्यापक पुष्कर विसीले जानकारी दिनुभयो । उक्त विद्यालयमा सहभागि सम्पूर्ण विद्यार्थीहरुले पनि मास्क लगाएर मात्रै परिक्षा हलमा प्रवेश गर्ने गराएको छ । विद्यालयहरुले समेत स्वास्थ्य सुरक्षा, सामाजिक तथा भौतिक दुरी कामय गराएर कक्षा ११ को पहिलो दिनको परिक्षा सम्पन्न गराएको नगर शिक्षा अधिकारी चक्र रावतले जानकारी दिनुभयो ।

बनगाड कुपिण्डे नगरपालिकामा २ मावि विद्यालयले शुक्रबारबाट परिक्षा सञ्चालन गरेका छन् । यता मुक्ति माविले भने कक्षा ११ को परिक्षा मंसिरमा सञ्चालन गर्ने जनाएको छ । यता सुर्खेतको सिम्ता गाउँपालिमा भने विहिबार देखि कक्षा ११ को परिक्षा सञ्चालन गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस