छोराको सम्झनामा प्रतीक्षालय निर्माण

दुर्गा बिसी,
सल्लीवजार २३, कात्तिक ।
सुर्खेत सिम्ता गाउँपालिका वडा नम्बर ६ निवासी तेजबिक्रम शाहीले मृतक छोरा अजय शाहीको सम्झनामा प्रतीक्षालय निर्माण गर्नुभएको छ । महिना अघि घरमै काम गर्ने क्रममै घरको छतबाट खसेर उपचारका क्रममा २२ वर्षिया अजय शाहीको मृत्यु भएको थियोे । बागेश्वरी मावि राकम नजिकै र उक्त क्षेत्रको दाहसंस्कार गर्ने स्थलमा प्रतिक्षालय निर्माण गरिएको हो ।
आफ्नै ब्यक्तिगत रकम खर्चेर उक्त प्रतीक्षालय मृतक छोरोको जन्म दिन पारेर सम्पन्न गरिएको छ । छोराको सम्झना स्वरुप शाहीले प्रतीक्षालय वनाएको जनाउनुभएको छ । शाही परिवार र अन्य स्थानीयहरु भेला भएर सो स्थानमा उक्त प्रतीक्षालय सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित