सल्यानमा कोरोना भाइरस संक्रमितको संख्या साढेँ ५ सय पुग्यो

सल्यान २३, कार्तिक ।
सल्यानमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ५० पुगेको छ । जिल्लाका बिभिन्न क्षेत्रमा संकलित स्वावको पिसिआर परिक्षण गर्दा जिल्लाका केही नागरिकमा कोरोना रिपोर्ट पोजिटिभ आएसँगै जिल्लाभर कोरोना भाइरस संक्रमितको संख्या ५ सय ५० पुगेको हो । ती मध्ये अहिले सम्म ५ सय ७ जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

अहिले जिल्लामा ४३ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमा शारदा नगरपालिका, बागचौर नगरपालिका, कुमाख गाउँपालिका र कालीमाटी गाउँपालिकाका होम आइसोलेसनमा संक्रमितहरुलाई राखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित