आज देखी श्रीनगर वजार एक साता बन्द

सल्यान २३, कात्तिक ।
सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर एक साताको लागी बन्द गरिएको छ । स्थानिय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शारदा नगरपालिका १ श्रीनगर बजार एक साताका लागी बन्द गरिएको हो । शारदा नगरपालिका वडा नम्बर १ का एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यू भएको पुष्टि भएको, श्रीनगर कै एक कोरोना संक्रमित ब्यापारीको उपचार भैरहेको र श्रीनगर वजार क्षेत्रमा कोरोना लक्षण सहितका केही नागरिकहरु पनि बिरामी भएको जानकारी आएकाले एक साताका लागी बन्द गरिएको शारदा नगरपालिका वडा नम्बर १ ले आज एक बिज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।

आज देखी कात्तिक २९ गते सम्म शान्तिनगर, श्रीनगर, शितलपाटी देखी बेलघारीसम्म बन्द गरिएको वडाअध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँले अत्याबश्यक सामान खरिदको लागी भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ वजे देखी १० बजे सम्म पसल तथा बैँकहरु सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
साथै अत्याबश्यक सेवाहरु भने अन्य समयमा पनि सञ्चालन हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

वडा कार्यालयले जारी गरेको बिज्ञप्ती

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित