श्रीनगरका बैँक बिहान ६ देखी १० वजे सम्म मात्रै खुल्ने

सल्यान २४, कात्तिक ।
सल्यानको श्रीनगरमा सञ्चालित सबै बैँकहरु अब बिहानको समयमा मात्रै खुल्ने भएका छन् । आज देखी बिहान ६ वजे देखी १० वजे सम्म मात्रै बैँकहरु खुल्ने भएका हुन् । सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले शारदा नगरपालिका वडा नम्बर १ ले आइतवार जारी गरेको सुचनाको पालना गर्दै हरेक दिन बिहान खुल्ने भएका हुन् ।
आज सोमवार देखी एक साता सम्मको लागी बिहान ६ वजे देखी १० वजेसम्म बैँक खोल्ने तयारी भएको नेपाल बंगलादेश बैँक लि. शाखा कार्यालय श्रीनगरका प्रवन्धक डिल्ली कार्कीले जानकारी दिनुभयो । बैँकको नियम अनुसार श्रीनगरका सबै बैँकहरु बिहान १० वजे सम्म खुल्ने छन् । हाल श्रीनगरमा मात्रै आधा दर्जन बढी बैँकहरु सञ्चालन भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस