आधुनिक कृषि प्रणालीमा किसानको आक्रर्षण बढ्दो

सल्यान २५, कात्तिक ।
सल्यानको पश्चिमी क्षेत्रमा अहिले किसानलाई धान भित्र्याउने चटारो परेको छ । धान भित्र्याउन किसानहरु बिहानै देखि वेलुकि अवेर सम्म खेतवारिमै ब्यक्त हुने गर्दछन् । विहान झिसमिसेमा खेतमा पुगेका किसानहरु वेलुका मात्रै घरमा जाने गरेका छन् ।

कोरोनाको जोखिम बढ्दै गएको अबस्था तथा चाडपर्वको पूर्वसन्ध्यामा अहिले किसानहरु धान भित्र्याउने कार्यमा ब्यस्त रहेको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का किसान धनवहादुर वुढाले जानकारी दिनुभयो । यतिखेर व्यस्त किसानहरु विगत भन्दा खेतीपातिमा आधुनिकता भित्र्याउन सुरु गरेका छन् । हल गोरुको ठाउँमा ट्याक्टर, धान दाउने मेसिन, खेत जोत्न ट्याक्टर प्रयोग गर्न सुरु गरेका छन् ।

सजिलो, छिटो छरितो र कम समयमै धेरै काम हुने भएकोले अधिकांसको रोजाइ आधुनिक साधन बन्न थालेको किसान निमवहादुर वुढाले जानकारी दिनुभयो । अहिले आधुनिक प्रविधिको प्रयोग गरेर काम भैरहेको उहाँको भनाइ छ । तर बेलैमा बीउ, मल, आधुनिक औजारहरु किसानले नपाएको दुखेसो गरेका छन् । सरकारी उपेक्षाका कारण कृषि प्रणाली प्रती किसानले भने जसो लाभ लिन नपाएको दुखेसो गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस