गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम तिव्र

दुर्गा विसी,
सल्लीवजार २८, कात्तिक ।
सुर्खेतको उत्तरी पुर्वी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकाको प्रशासनिक भवनको काम तिव्र गतिमा अघि वढेको छ । भवनको काम हुनै नदिने गरि केही समुहले गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिलाइ बदनाम गराउने दुस्साहसका साथ अख्तियार, जिल्ला वनमा मुद्दा समेत दायर गरेको थियोे । उक्त सबै कुरा छिछोल्दै भवनको काम अघि वढ्यो ।
विकास हुन नदिने,विकास भएको सहन नसक्ने केही व्यक्तिका कारण रोकिएका कामकाज अघि वढेकोमा स्थानीय खुसि छन् ।गाउँपालिकाको प्रशासनिक भवन वडा नम्बर ६ को पात्चौरमा बन्दै गरेको छ । ०७८ बैशाख मसान्तसम्म सबै काम सम्पन्न हुने एसएस लक्ष्मण जेभि कन्ट्रक्सनका लक्ष्मण पोख्रेलको भनाइ छ ।२ करोड ८५ लाखमा भ्याट वाहेक सो कम्पनीले टेण्डर पारेको थियोे ।
बिहीवार ४५ औं दिनमा पहिलो चरणको जग फाउन्डेसनको काम सकिएको छ ।उपयुक्त समयमै गाउँपालिकाको प्रशासनिक भवनको काम सम्पन्नता गरि हस्तान्तरण हुने कम्पनीको दावि छ ।दुई सभाहल सहित ३० कोठाको सिम्ता आकारको भवन आफ्नै पालामा वन्ने गाउँपालिका अध्यक्ष केसिको भनाइ रहेको छ । सिम्ता नामकरण गरिएको भवन केसीको परिकल्पना वमोजिम डिजाइन गरिएको थियोे ।सोहि अनुसार भवन बन्दै गरेको छ ।५ प्रतिशत पेश्कि ठेकेदारले लिएर कामको सकारात्मक सुरुवात गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत टोपवहादुर रानाको भनाइ रहेको छ । सिम्ता आकारको नामकरण भएको भवन बन्ने काम तिव्ररुपमा अघि वढेको छ ।

प्रतिक्रिया दिनुहोस