जिल्ला अस्पताल सल्यान एक सातालाई बन्द

सल्यान २८, कात्तिक ।
जिल्ला अस्पताल सल्यान एक सातालाई बन्द गरिएको छ । चार चिकित्सकसहित स्वास्थ्य कार्यालयका एक कर्मचारीलाई कोरोना पोजिटिभ देखिए पछि जिल्ला अस्पताल सल्यान एक सातालाई बन्द गरिएको हो ।

चिकित्सक र कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य कार्यालयले आज शुक्रबारदेखि मंसिर ६ गते सम्मका लागि जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय बन्द गरिएको हो । अस्पतालले आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ कुमार श्रेष्ठले जानकारी दिनुभयो । संक्रमित डाक्टर तथा कर्मचारी होम आइसोलेसनमा रहेको उहाँले जानकारी दिनुभयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस