डिडिएस सल्यानद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाइ स्वास्थ्य सामग्री वितरण


सल्यान २८, कात्तिक ।
कोरोना महामारीको बेला अग्रभागमा रहेर काम गर्दै आइरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । सल्यानमा क्रियाशिल दलित बिकास समाज (डिडिएस) सल्यानले सुआहारा दोस्रो कार्यक्रमको सहयोगमा जिल्लामा सेवा गरिरहेका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहररुका लागि स्वास्थ्य सामग्री (मास्क र सेनिटाइजरहरु) वितरण गरेको हो ।
जिल्लाका दशवटै स्थानीय तहका स्वयंसेविकाहरुलाई प्रतिब्यक्ति ५/५ वटा मास्कर र १०० एम एलको १/१ वटा स्यानीटाईजर स्थानीय तहमार्फत प्रदान गरिएको छ । नेपाल सरकारले यहि मसिर ११ र १२ गते ६ महिना देखि ५९ महिनासम्मका बालबालिकाहरुका लागी राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेकाले उत्त कार्यक्रमलाई लक्षित गरि उनीहरुको सुरक्षाका लागि डिडिएस सल्यानले २ हजार १ सय १६ थान मास्क र ४ सय २४ थान सेनिटाईजर वितरण गरेको सस्थाका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को यस माहामारीको अवस्थामा महिला स्वयंसेविकाहरुलाई यसको संक्रमणबाट जोगाउन सहयोग पुर्या उदै राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल रुपमा सम्पन्न गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले उक्त स्वास्थ्य सामग्री दिइएको बुढाथोकीले बताउनुभयो । सबै सघंसस्था र सरोकारवालाहरुले आ–आफनो ठाउँबाट सहयोग गरेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल बनाउन संयोजक बुढाथोकीले सबैलाई आग्रह समेत गरेका छन् ।
युएस्एआईंडिको आर्थिक सहयोग तथा हेलेनकेलर इन्टरनेशनलको प्रमुख व्यवस्थापनमा सल्यान सहित मुलुकका ४२ वटा जिल्लाहरुमा सुआहारा(दोश्रो) कार्यक्रम सञ्चालनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस