सल्यानको श्रीनगर वजार क्षेत्र एक हप्तालाई सिल

सल्यान २९, कात्तिक ।
सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर वजार एक साताको लागी पूर्ण रुपमा सिल गरिएको छ । वजार आसपासको नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि हुनु तथा कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएकाले एक साताको लागी श्रीनगर वजार पूर्ण रुपमा सिल गरिएको हो ।
आज देखी मंसिर ६ गते सम्मको लागी स्वास्थ्य सेवा, प्रेटोल पम्प, बैंक बाहेकका सबै खाले क्षेत्र तथा सेवाहरू पूर्ण रुपमा सिल गरिएको शारदा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुभयो । शारदा नगरपालिकाको कार्यालयको सिफारिस अनुसार जिल्ला सुरक्षा समिति सल्यानले सिल गर्ने निर्णय गरेको हो ।
शारदा नगरपालिका वडा नम्बर १ को चैवाङ जिउला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिम्चौर, पट्नेरी, वडा नम्बर २ को जोगिदेउखोला, वडा नम्बर ६ को बरला सम्मको क्षेत्र सिल गरिएको हो । श्रीनर आसपासको क्षेत्रका ४६ जनाको स्वाव संकलन गरेर पिसिआर गर्दा ३३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस