नेत्रहिनलाइ नेतृत्व विकास तालिम


दुर्गा बिसी,
सल्लीवजार ३, मंसिर ।
सुर्खेतको सिम्ता गाउँपालिकामा नेत्रहीनहरुलाइ आधारभुत नेतृत्व विकास क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गरिएको छ । नेपाल नेत्रहीन संघ, एनएबि तथा डिएबी परियोजना, सुर्खेतको आयोजनामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियोे । दृष्टिविहिन नागरिकहरुको वढाउ सक्रियता, हरेक दृ्ष्टिविहिनहरु कै नेतृत्वको अपरिहार्यता भन्ने मुल सन्देशका साथ एक दिने तालिमको आयोजना गरिएको हो । नेत्रहीनहरुको लागि नेतृत्व विकास क्षमता सम्बन्धि प्रशिक्षणमा सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्र कुमार केसि, एनएबि तथा डिएबी परियोजना सुर्खेतका रवि चन्द, नेत्रहिन सुर्खेतका अध्यक्ष तोरण अधिकारीले लगाएतकाले बोल्नुभएको थियो ।
नेत्रहीनहरुको क्षमता विकासमा टेवा पुगोस भनेर उक्त परियोजनाले सो तालिमको आयोजना गरेको चन्दको भनाइ छ । सिम्ता गाउँपालिका नेत्रहिन संघका पदाधिकारीहरुलाइ मात्रै नेतृत्व विकास सम्बन्धि १ दिने तालिम आयोजना गरिएको थियोे । नेत्रहिन सिम्ताका अध्यक्ष चेतन सुनारको स्वागत मन्तव्यबाट सुरु भएको अभिमुखिकरणमा सहजिकरण परियोजनाका रवि चन्दले गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस