दुर्गा विसी,
सल्लीबजार ४, मंसिर ।
सल्यान पश्चिम, जाजरकोट, रुकुम पश्चिम र सुर्खेत सिम्ता आससपासमा आजदिनभर वत्ति नहुदा सेवाग्राही मारमा परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाकाकाे पोख्रे नजिकै स्थानीय सडक खन्दै गरेको स्काभेटरले गुडाएको ढुंगा लाग्दा दुई पाेल भाँचिए पछि ४ जिल्ला आससपासकाेमा विहानै देखि वत्ति गएको थियोे । वत्ति नहुदा बैंकिङ सेवा लगाएत अन्य विधुतिय कामकमज समेत प्रभावित भएको छ ।
स्थानीय तहले जथाभावी सडक खण्दा विद्युतिय पाेल,मुख्य सडकमा समेत ठुलाे क्षति हुने गरेको छ । उक्त सडक खन्दा लागेको ढुंगाले पाेल सहित तार समेत चुडेकाे छ । मर्मतको लागि दिनभर प्रयास भैरहेको विद्युत शाखा सल्लिका प्रमुख लाेकमान शाक्यकाे भनाइ छ । सकभर आज वेलुकि सम्म मर्मत हुने उहाँले जानकारी दिनुभयो । स्थानीय सडकै कारण छिन्चु जाजरकोट सडक खण्ड तहस नहस हुन थालेको छ भने माथिबाट खस्ने ढुंगाका कारण वत्तिमा समेत ठुलो असर पर्न थालेको छ । दुई पाेल ढलेका छन् भने तार समेत चुडेकाे छ ।