सल्ली–चौरजहारी सडक : कालो पत्रे गर्ने कि धुलो पत्रे ?

सल्यान ५, मंसिर ।
सल्यानको पश्चिम क्षेत्रको मूख्य वजार सल्लिवजार देखि रुकुम पश्चिमको चौरजहारी सडक खण्डको ट्रयाक खोलिएको झण्डै १८ वर्ष वितेको छ । उक्त सडकमा करोडौं रकम खर्चियो तर काम भन्ने शुन्य देखिएको छ । वर्षातमा हिलाम्मे सडक र सुख्खायाममा धुलाम्य सडकले गर्दा नागरिकहरु आजित वनेका छन् । सल्यान सल्लिवजार देखि रुकुम चौरजहारीसम्म उक्त सडक ४१ किलोमिटर दुरि रहेको छ ।

स्तरवृद्धि र सडक चौडाइका नाम वर्षेनि करोडौं रकम खर्च भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । ठाउँ ठाउँमा सडक भासिएको छ । अहिले एकतर्फी रुपमा यातायातका साधन आवतजावतमा समेत कठिनाइ हुने गरेको छ । सल्यान पश्चिम र रुकुम पश्चिमका नागरिकका लागि प्रदेश राजधानी लगाएत देशका विभिन्न क्षेत्र आवतजावतको लागि निकै सजिलो सडकका रुपमा यसलाई लिने गरिएको छ ।


६ किलोमिटर सडक पिचको काम समेत सन्तोषजनक तवरले अघि वढ्न सकेको छैन् । ४ वर्ष अघि सम्पन्न हुने सो काम हाल सम्म पनि जस्ताको तस्तै छ । थिग्मा जेभिका नरहरि थपलियाले कामको जिम्मेवारी दिएका ४ कम्पनीले समेत काम गर्न सकेका छैनन् । थोरै काम गरी छोडेर भाग्ने गरेका कारण काम लथालिङ्ग अवस्थामा रहेको छ । सो काम हाल सडक डिभिजन कार्यालय चौरजहारीले हेरेको छ ।


डिभिजन प्रमुख नरेन्द्र भट्टले अबका दिनमा कामले गति लिने जानकारी दिनुभयो । यस सडक खण्डको २ किलोमिटर पिच २ वर्ष अघि भएको थियोे, तर अहिले त्यो पनि उप्किन सुरु भएको छ । सम्बन्धित निकायको बेवास्ता र ठेकेदारको लापरबाहीका समयमा नै सडकको स्तरोन्नती हुन नसकेको स्थानियको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस