बाफुखोलाको दोभान बजार क्षेत्र सिल

  1. सल्यान ६, मंसिर ।
    सल्यानको दोभान बजार अनिश्चित कालको लागी सिल गरिएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं. १२ दोभान बजार अनिश्चित कालको लागी सिल गरिएको हो । कोरोनाको लक्षण सहित स्थानीयमा संक्रमण देखिएकाले वडा कार्यालयको निर्देशन र बजार ब्यवस्थापन समितिको निर्णय बमोजिम आज मंसिर ६ गते देखि अनिश्चित कालको लागि सिल गरिएको हो ।
    पुर्वमा रोल्पाको सिमाना दर्का, पश्चिममा खौला, उत्तरमा रुकुम सुकिदह सिमाना र दक्षिणमा वडा नम्बर ११ को रातामाटा क्षेत्र भित्र सिल गरिएको बजार ब्यवस्थापन समितिका अध्यक्ष डिल्ली बहादुर वलीले जानकारी दिनुभयो । साथै यस अबधिमा सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था, बित्तीय संस्था, पसल, ब्यवसाय लगाएत सम्पुर्ण बन्द गरिएको र अतिआवश्यक सेवाहरु बिहान ८ बजे देखि ९ बजे सम्म संचालन गर्न दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।                             
प्रतिक्रिया दिनुहोस