तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान ६, मंसिर ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

तस्वीरमा बागचौर नगरपालिका वडा.८ सल्यानमा पर्ने कालिका मन्दिर ।

तस्वीरमा राङ्गे डोकोमा स्याउलाको भारी बोकेर घर फर्किदै गरेका एक ब्यक्ती ।

तस्वीरमा बागचौर नगरपालिका सल्यानको केन्द्रबिन्दु बागचौर बजार आसपासको दृश्य ।

तस्वीरमा सुन्दर तोरी बारी ।

तस्वीरमा ढुङ्गाले छाएका परम्परागत सल्यानी मौलिक घरहरु ।

तस्वीरमा शारदा नगरपालिका सल्यानमा पर्ने सुन्दर ठाउँ मैसेपानी ।

तस्वीरमा सल्यानको सदरमुकाम खलंगा बजार ।

 

 

प्रतिक्रिया दिनुहोस