निर्धन उत्थान लघुबित्तद्धारा जीवन बिमा रकम भुक्तानी


दुर्गा बिसी,
सल्लीवजार ६, मंसिर
निर्धन उत्थान लघुवित संस्था शाखा कार्यालय सल्यानको सल्लिवजारले म्यादी जीवन विमा वापतको रकम घरमै गएर प्रदान गरेको छ । सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ८ डाँडाखालि निवासी ग्राहक सदस्य खिमवहादुर नेपालीको श्रीमति मिना नेपालीको मृत्यु पश्चात् उनको परिवारलाई १ लाख ६२ हजार ५ सय रुपैया घरमै गएर हस्तान्तरण गरिएको निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड कार्यलयका शाखा प्रमुख निमवहादुर घर्तीले जानकारी दिनुभयो ।
सो रकम मृतकका श्रीमान खिमवहादुरलाई वडा अध्यक्ष युद्धवहादुर मल्लले हस्तान्तरण गर्नुभएको हो । २०६९ सालमा सबै भन्दा पहिले स्थापित यस संस्थाले राम्रो काम गरिरहेको स्थानियले बताएका छन् । संस्थाले सल्यान, सुर्खेत र जाजरकोट जिल्लाका केही स्थानीय तहमा सेवा दिदै आएको छ । हाल सम्म १ सय ७ वटा समुह मार्फत १९ सय ९५ जना लाभान्वित भएको संस्थाको भनाइ छ ।
धितोमुखि र विनाधितो समुहगत जमानी गरि १३ सय ७२ ले विभिन्न व्यवसायमा कर्जा लिइ कार्य सञ्चालन गरिरहेका छन । जसमध्ये उठाउन बाँकी कर्जा १२ करोड ९० लाख ३३ हजार २ सय १५ र निक्षेप वचत तर्फ ६ करोड ३९ लाख ९ हजार ७ सय ८५ रहेको छ । संस्थाले कोरोना महामारीको समयमा कर्जामा १० हजारका दरले राहत अनुदान छुट गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस