सल्यानको श्रीनगर बजार थप ५ दिन सिल


सल्यान ७, मंसिर ।
सल्यानको श्रीनगर बजार थप ५ दिन सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानले शनिबार एक सूचना जारी गर्दै जिल्लाकाे प्रमुख व्यापारी केन्द्र श्रीनगर बजार सहित आसपासको क्षेत्र थप ५ दिनको लागि सिल गरिएको जनाएको छ । यसअघि कात्तिक २३ गते देखि मंसिर ६ गतेसम्म दुइ पटक गरेर १४ दिन सिल गरिएकाे थियाे ।
अहिले जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर मंसिर १० गतेसम्मलाइ सिल कायम गरिएको जनाएकाे छ ।
काेराेना संक्रमनको उच्च जोखिममा रहेकोले शारदा नगरपालिकाको वडा नं. १ मा पर्ने श्रीनगर, शान्तिनगर, बेलघारी क्षेत्र, वडा नं. २ मा पर्ने जोगिदेउखोला र वडा नं. ६ को बरला क्षेत्रहरुलाई मंसिर १० गते सम्म सिल गरिएको सूचनामा उल्लेख गरिएको छ ।
साथै यस अबधिमा हिडडुल गर्न, भेला, जमघट तथा भिडभाड गर्न निषेध गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस