सल्यान ७, मंसिर ।
सल्यानको श्रीनगर आसपासको क्षेत्रका थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।
जसमा ९ जना शारदा नगरपालिका वडा नम्बर १ का रहेका छन् भने भने वडा नम्बर ६ का १ जना, जडा नम्बर १२ का १ जना र वडा नम्बर १४ का एक जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको शारदा नगरपालिकाका कोरोना फोकल प्रसन रविन बिष्टले जानकारी दिनुभयो ।
केही अघि श्रीनगरमा कन्ट्रयाक ट्रेसिङ र लक्षण सहितका ब्यक्तिको स्वाव संकलन गरेर पठाएका ८४ स्वाव मध्ये महिला २ जना र पुरुष १० जना गरी १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यस्तै खलंगामा संकलन गरिएका ४४ वटा स्वावको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।