सल्यान ८, मंसिर ।
सल्यानका १९ जनामा कोरोना भाइरस संक्रम’ण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो पटक ६४ जनाको स्वाब संकलन परीक्षण गर्दा १९ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
सल्यान जिल्ला अस्पतालका स्वास्थ्यकर्मी, केही कार्यालयका कर्मचारी र सदरमुकाम खलंगाका स्थानीयमा कोरोना देखिएको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ५ सय ५० जना निको भएर घर फर्कि सकेका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ९४ रहेको छ ।