९ महिना देखि बन्द विद्यालय : पठनपाठन सुचारु गर्दै

दुर्गा विसी,
सल्यान ९, मंसिर ।
सल्यानको पश्चिम क्षेत्रमा कोभिड १९ का कारण बन्द रहेका विद्यालयहरु आंशिक रुपमा सुचारू भएका छन् । विगत ९ महिना देखी बन्द बिद्यालय खुल्न थालेपछि चहलपहल बढ्न थालेको छ भने बिद्यार्थीहरु पनि खुसी भएका छन् । कार्तिक १६ बाटै मावि च्युराले कक्षा ८, ९ र १० को कक्षाहरु सञ्चालन गर्दै आएको छ भने अन्य कक्षाहरु आंशिकरुपमा चलाएको जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाले विद्यालयहरु सञ्चालनका लागि नितिगत निर्णय भने गरेको छैन् । तर नगरको शिक्षा शाखा प्रमुख चक्रवहादुर रावतले सबै विद्यालयहरु सतर्कता अपनाउदै सञ्चालन गर्ने निर्देशन दिएको जानकारी दिनुभयो । शिक्षकहरु विद्यालयमा उपस्थित हुने र सरकारी निति अनुरुप विभिन्न विधिहरु अपनाइ शिक्षण कृयाकलाप अघि वढाउन निर्देश गरेको उहाँको भनाई छ ।

नगरका अझै केही बिद्यालयहरुले भने पठनपाठन सुचारु गर्ने बिषयमा छलफल भैरहेको जनाएका छन् । बिद्यालय सञ्चालन गर्दा भोलीका दिनमा आउनसक्ने जोखिमको जवाफदेही को हुने भन्ने कुराको अन्योलताले विद्यालय सञ्चालन गर्न नसकिएको केही बिद्यालयहरुले जनाएका छन् । नगरको नितिगत निर्णय नहुन्जेल सम्म विद्यालय सञ्चालन नगर्ने केही विद्यालयहरुको भनाइ छ । कोरोना त्रासका विच पनि केही विद्यालयहरुले भने पढाइ सञ्चालन गर्न थालेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस