सल्यानको सदरमुकाम खलंगा बजार सिल

सल्यान ९, मंसिर
सल्यानको सदरमुकाम खलंगा बजार एक साताका लागि सिल गरिएको छ । स्थानीयमा कोरोना भाइरस संक्रमण देखिएपछि आज मंगलबार देखि मंसिर १५ गतेसम्म खलंगा बजार सिल गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । मंसिर ९ गतेदेखि मंसिर १५ गतेसम्म सिल गरेको हो ।
शारदा नगरपालिका वडा नम्बर २ डाँडागाउँ बजारको जोरपिपलदेखि खलंगा बजार मिलन होटल पूर्वका सम्पूर्ण क्षेत्रहरु, खलंगा बसपार्कदेखि नेपाल बैंक लिमिटेड पूर्वका सम्पूर्ण क्षेत्रहरु सिल गरिएको प्रशासनद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
मंसिर ५ गते संकलन गरिएको स्वावको परिक्षण गर्दा केहि नागरिकमा कोरोना देखिएको थियो । अत्यावश्यक सेवा खाद्यन्न, डेरी, तरकारी, फलफूल व्यवसाय बिहान ८ बजेदेखि ९ः३० सम्म खुल्ला रहने प्रशासन कार्यालयले जनाएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सबै पसल व्यावसाय, होटल, नागरिकका घरहरु पूर्ण रुपले सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस