न्याय सम्बन्धि समन्वयात्मक बैठक बन्गाड कुपिण्डेमा सम्पन्न

दुर्गा बिसी,
सल्यान १०, मंसिर
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा न्यायिक समस्याका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । न्यायिक समिति, अन्य न्यायिक संयन्त्र तथा सिमान्तकृत समुदायका नागरिक, बिभिन्न संस्थाका अगुवा र वकिलहरु विच समन्वयात्मक वैठक सम्पन्न भएको हो । स्थानीय तहमा पारिवारिक वेमेल, लेनदेन, श्रीमानश्रीमती विचको झगडा अत्यधिक आउने गरेको न्यायिक समिति सदस्य मोमत रोकाले जानकारी दिनुभएको छ ।
न्यायिक समितिमा परेका अधिकांश मुद्धाहरुको अहिले छिनोफानो भएको उहाँको भनाइ छ । केही विधि र प्रक्रियागत रुपमा टुंग्याउन नहुने प्रकृतिका मुद्धाहरु पनि दुबई पक्षको छलफल आपसि समझदारी अनुसार टुंगोमा पुगेको समेत न्यायिक समितिको भनाइ छ । संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना, युएनडिपिको सहयोग र दलित सेवा संघ र ग्रामिण महिला उत्थान केन्द्रको साझेदारिमा न्याय सम्बन्धि एक दिने समन्वय बैठक आयोजना गरिएको थियोे ।
बैठकमा स्थानीय तहमा भएका न्यायिक निरुपणका सवालमा छलफल भएको थियोे । न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख मञ्जु यरीकोअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मोहन खड्का, वकिल सिपि वली, न्यायिक समिति सदस्य शान्त कुमार यरी, वडाअध्यक्ष पुरुषोतम आचार्य, टेकवहादुर पुन, महिला उत्थान केन्द्रकि सोविता वस्नेत, सुरक्षाकर्मी, न्यायिक समिति कर्मचारी लक्ष्मी शाही, महिला तथा वालवालिका शाखाका निरु शाही, इन्सेक सल्यानका मिना वुढाथोकी लगाएतको उपस्थिति रहेको थियोे ।
साथै न्यायिक समितिको कार्यालयमा उजुरी पेटिका समेत राखिएको छ । उक्त उजुरी पेटिकामा रहेका गुनासा, निवेदन प्रत्येक शुक्रबार खोलिने र त्यसको सुनुवाइ हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित