दुर्गा विसी,
सल्यान १०, मंसिर ।
सल्यानकाे पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकामा लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियानको अवशरमा दीप प्रज्वलन गरिएको छ । अभियानको शुरूवात गर्दै नगर उपप्रमुख मन्जु यरीले हिंसा न्युनिकरणका लागि हातेमालो गर्न सबैमा अनुरोध गर्नु भएको छ । महिला हिंसा न्युनिकरणका सवालमा सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । महिला हिंसा अन्त्य गरौं, कुराे होइन, काम गरौं, हिंसा गर्नु जघन्य अपराध हाे ।हिंसा गर्ने सबैलाई कानुनी कारवाहि हुनै पर्छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सफल पारौ भन्दै महिला तथा वालवालिका शाखा प्रमुख निरु शाहीले स्वागत मन्तव्य राख्नु भएको थियोे । नगरपालिकाकाकाे प्राङ्गणमा भएको दिप प्रज्वलन कार्यक्रम प्रमुख प्रशासकिय अभिकृत माेहन खड्का, लेखा अधिकृत दिनेश भण्डारी, स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेल र अन्य शाखा प्रमुख तथा कर्मचारीहरुकाे उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण महिला तथा वालवाliका शाखाकि लक्ष्मी शाहीले गर्नुभएको थियो ।