आज देखी सल्यानको श्रीनगर वजार खुल्यो

सल्यान ११, मंसिर ।
सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर वजार आज देखी खुल्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जानु तथा स्थानियमा कोरोना देखिएपछि सिल गरिएको झण्डै तीन साता पछि श्रीनगर वजार खुला गर्न लागिएको हो । जिल्लाको प्रमुख व्यापारी केन्द्र श्रीनगर क्षेत्र सहित त्यस वरपरको क्षेत्रमा गरिएको सिल खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
कात्तिक २३ गतेदेखि सिल गरिएको श्रीनगर क्षेत्रलाइ मंसिर ११ गतेदेखि खुला गरिएको जनाउदैँ जिल्ला प्रशासन कार्यालय सल्यानले सिल खुला गरिएपनि पसल, व्यवसाय संचालन गर्दा स्वास्थ्य मापडण्ड अपनाउन आग्रह गरेको छ । साथै पसल सञ्चालन गर्दा अनिवार्य रुपमा डोरी लगाएर पालो व्यवस्थापन गरि सेवा प्रवाह गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित